एसईई दिएका किशोरीहरुको लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस एसईई ईन्टरनेशनल २०२३ नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका एसईई दिएका किशोरीहरुले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्।
एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले एसईई दिएका किशोरीहरुले आफ्नो सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले किशोरीहरुको व्यक्तित्व तथा लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ ।
कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले किशोरीहरुभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन्