उदयमान शैक्षिक संस्थाको पहिचान — हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित

उदयमान शैक्षिक संस्थाको पहिचान — हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित

मोरङस्थित हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित भएको छ।

विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थी विकास तथा सकारात्मक शैक्षिक वातावरण निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।

हिमालय इंग्लिस स्कुलले छोटो समयमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। विद्यालयले अनुशासन, शैक्षिक प्रगति र विद्यार्थीहरूको समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ। साथै, शिक्षकहरूको समर्पण र व्यवस्थापनको सक्रियताले विद्यालयलाई निरन्तर उन्नतितर्फ अघि बढाइरहेको छ।

विद्यालयको निरन्तर प्रयास, सकारात्मक सोच र प्रगतिको यात्रालाई कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।