एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई एक्सिलेन्स इन इन्जिनियरिङ एजुकेसन अवार्ड

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई एक्सिलेन्स इन इन्जिनियरिङ एजुकेसन अवार्ड

काठमाडौँ। एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ मा एक्सिलेन्स इन इन्जिनियरिङ एजुकेसन अवार्ड बाट सम्मान गरिएको छ।

एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। कलेजका तर्फबाट उपप्राचार्य एल.बी. महर्जनले अवार्ड ग्रहण गर्नुभएको थियो।

कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, बैंकर मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इन्जिनियरिङ शिक्षा, शैक्षिक गुणस्तर, प्रयोगात्मक सिकाइ र विद्यार्थीहरूको व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै उच्च शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। कलेजले प्राविधिक ज्ञान, सीप र नवप्रवर्तनलाई जोड दिँदै सक्षम जनशक्ति उत्पादनमा भूमिका खेल्दै आएको छ।

कलेजको शैक्षिक योगदान, संस्थागत प्रतिबद्धता र इन्जिनियरिङ शिक्षामा देखिएको उत्कृष्ट भूमिकाको कदर गर्दै आयोजकले उक्त अवार्ड प्रदान गरेको जनाएको छ।

समारोहमा शिक्षा क्षेत्रका विभिन्न संस्था, कलेज, विद्यालय, शिक्षा नेतृत्वकर्ता तथा समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले शैक्षिक संस्थाहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।