काठमाडौँ। आरम्भ संस्कार विद्यालयलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ मा इमर्जिङ स्कूल अफ द इयर अवार्ड बाट सम्मान गरिएको छ।
एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा आरम्भ संस्कार विद्यालयलाई उक्त अवार्ड प्रदान गरिएको हो। विद्यालयका तर्फबाट उपप्राचार्य दिनेश श्रेष्ठ र उपप्राचार्य रोहिता तामाङले अवार्ड ग्रहण गर्नुभएको थियो।
कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, बैंकर मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
आरम्भ संस्कार विद्यालयले विद्यार्थी केन्द्रित शिक्षा, संस्कारयुक्त सिकाइ, समग्र विकास, अनुशासन र सकारात्मक सिकाइ वातावरणलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षाको क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको छ। विद्यालयले विद्यार्थीहरूलाई ज्ञान, सीप, संस्कार र आत्मविश्वाससँग जोड्दै भविष्यका लागि तयार बनाउने अभ्यासलाई निरन्तरता दिँदै आएको छ।
विद्यालयको शैक्षिक योगदान, उदीयमान संस्थागत पहिचान र विद्यार्थी विकासमा देखिएको सक्रिय भूमिकाको कदर गर्दै आयोजकले उक्त अवार्ड प्रदान गरेको जनाएको छ।
समारोहमा शिक्षा क्षेत्रका विभिन्न संस्था, कलेज, विद्यालय, शिक्षा नेतृत्वकर्ता तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले शैक्षिक संस्थाहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।