मनोज ज्ञवालीलाई सीईओ अफ द इयर अवार्ड

मनोज ज्ञवालीलाई सीईओ अफ द इयर अवार्ड

काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई फ्युचर आइकन्स अवार्ड्स २०२६ मा सीईओ अफ द इयर अवार्ड बाट सम्मान गरिएको छ।

आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा ज्ञवालीलाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रम अप्टिमेज ग्लोबलकी संस्थापक अनुजा आचार्यको संयोजनमा बेस्ट वेस्टर्न प्लस होटल, काठमाडौँमा सम्पन्न भएको थियो।

कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठ, भक्त राजभण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

मनोज ज्ञवालीले बैंकिङ तथा वित्तीय क्षेत्रमा नेतृत्व, व्यावसायिक उत्कृष्टता, संस्थागत विकास र सकारात्मक प्रभावमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। नबिल बैंकको नेतृत्वमा उहाँले बैंकिङ सेवालाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

उहाँको प्रेरणादायी नेतृत्व, व्यावसायिक प्रतिबद्धता र वित्तीय क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै आयोजकले सीईओ अफ द इयर अवार्ड प्रदान गरेको जनाएको छ।

समारोहमा मनोज ज्ञवालीलाई सीईओ अफ द इयर अवार्ड, जेन श्रेष्ठलाई यङ बिजनेस आइकन अवार्ड, राजेन्द्र शाक्यलाई सोसल इम्प्याक्ट अवार्ड, उत्तम भौकाजीलाई लिरिसिस्ट एन्ड एन्टरप्रेन्योरियल एक्सिलेन्स अवार्ड, निर्णय एनएसकेलाई म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन अवार्ड, कुमुद भट्टलाई वुमन एजुकेटर अवार्ड, प्रजित के. तिमल्सिनालाई इनोभेटिभ एजुकेटर अवार्ड, करण चौधरीलाई यङ बिजनेस लिडर अफ द इयर अवार्ड, कृष्ण कँडेललाई सोसल इम्प्याक्ट आइकन अवार्ड, प्रकाश सपुतलाई पिपुल्स म्युजिक आइकन अवार्ड, वर्षा सिवाकोटीलाई आउटस्ट्यान्डिङ एक्ट्रेस अवार्ड, रमन भट्टराईलाई इन्स्पिरेसनल स्पिकर अफ द इयर अवार्ड, प्रशान्त मिस्टलाई युथ म्युजिक एन्ड एन्टरप्रेन्योरसिप आइकन अवार्ड र बालकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

आयोजक अप्टिमेज ग्लोबलकी संस्थापक अनुजा आचार्यका अनुसार फ्युचर आइकन्स अवार्ड्स २०२६ को उद्देश्य आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका प्रेरणादायी व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले नेतृत्व, उत्कृष्टता र सकारात्मक प्रभावलाई अझ व्यापक रूपमा अघि बढाउन प्रेरणा दिने विश्वास आचार्यले व्यक्त गर्नुभयो।