आईएमएस कलेजमा मेहेन्दी कार्यक्रम तथा प्रतिभा प्रदर्शनी हुँदै

आईएमएस कलेजमा मेहेन्दी कार्यक्रम तथा प्रतिभा प्रदर्शनी हुँदै

काठमाडौँ / ३२ असार – आईएमएस कलेजमा साउन १ गते शुक्रबार ‘आईएमएस मेहेन्दी प्रोग्राम एन्ड ट्यालेन्ट शोकेस’ आयोजना हुने भएको छ।

विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने, सिर्जनशीलता प्रोत्साहन गर्ने तथा उद्यमशील अभ्यासका लागि अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रमअन्तर्गत मेहेन्दी कार्यक्रम, आईएमएस प्रतिभा प्रदर्शनी तथा खाना, कपडा, गरगहना, एसेसरिजलगायत विभिन्न सामग्रीका व्यावसायिक स्टलहरू सञ्चालन हुनेछन्। प्रतिभा प्रदर्शनीमा विद्यार्थीहरूले गायन, नृत्य, अभिनय तथा अन्य सिर्जनात्मक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै आफ्नो प्रतिभा, व्यावसायिक सोच र व्यवस्थापन क्षमता विकास गर्ने व्यावहारिक अवसर प्रदान गर्नेछ। कार्यक्रममा आईएमएस कलेजका विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन निमेश पोखरेल, अभिषेक कुमार साहनी, रचना पोखरेल, पूजा शाह, पुष्पा बुढा, मीना दाहाल, निशान्त बराइली, सन्नी शर्मा, विशाल चौहान, हनी गौतम र सचिन भट्ट सम्मिलित आयोजक समिति सक्रिय रहेको छ।

कार्यक्रम साउन १ गते शुक्रबार आईएमएस कलेज परिसरमा आयोजना हुनेछ। आयोजक समितिले विद्यार्थी तथा इच्छुक सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई विद्यार्थीहरूको प्रतिभा र व्यावसायिक प्रयासलाई प्रोत्साहन गर्न आग्रह गरेको छ।