बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शिक्षा मन्त्रालयको आग्रह

बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालय तथा कलेजहरूलाई बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन आग्रह गरेको छ। मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षा शाखाले यस सम्बन्धमा सूचना जारी गर्दै दिवसलाई औपचारिक रूपमा मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले जारी गरेको पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाबाट प्राप्त पत्रअनुसार हरेक वर्ष अप्रिल १५ अर्थात् बैशाख २ गते लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने उल्लेख गरिएको छ। सोहीअनुसार सबै निजी तथा सामुदायिक विद्यालय र कलेजहरूलाई उक्त दिवस मनाउन अनुरोध गरिएको छ।