समग्र विकासमा अग्रसर विद्यालय — लिभरपुल सेकेन्डरी स्कुल ‘एक्सिलेन्स इन होलिस्टिक एजुकेशन अवार्ड’बाट सम्मानित

समग्र विकासमा अग्रसर विद्यालय — लिभरपुल सेकेन्डरी स्कुल ‘एक्सिलेन्स इन होलिस्टिक एजुकेशन अवार्ड’बाट सम्मानित

काठमाडौंस्थित लिभरपुल सेकेन्डरी स्कुल ‘एक्सिलेन्स इन होलिस्टिक एजुकेशन अवार्ड’बाट सम्मानित भएको छ।

विद्यालयले समग्र शिक्षा, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड लिभरपुल एजुकेशन नेटवर्कका संस्थापक निर्देशक नवीन चौहानलाई प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।

लिभरपुल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालन भइरहेको उक्त विद्यालयले प्रि–स्कुलदेखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले शैक्षिक उत्कृष्टता, सह–पाठ्यक्रम गतिविधि तथा नेतृत्व विकासमा विशेष जोड दिँदै आएको छ। साथै, आधुनिक पूर्वाधार, प्रयोगात्मक शिक्षण र दक्ष शिक्षकहरूको माध्यमबाट विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाउने प्रयास गर्दै आएको छ।

विद्यालयले विद्यार्थीहरूको ज्ञान मात्र नभई व्यक्तित्व, सिर्जनशीलता र नेतृत्व क्षमता विकासमा समेत ध्यान दिँदै आएको छ, जसले यसलाई समग्र शिक्षा प्रदान गर्ने अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ।

विद्यालयको निरन्तर प्रयास, नवप्रवर्तनशील सोच र समर्पणले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।