बालमैत्री र समग्र शिक्षामा अग्रसर — नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित

बालमैत्री र समग्र शिक्षामा अग्रसर — नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित

भक्तपुरस्थित नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ।

विद्यालयले बालमैत्री वातावरण, समग्र शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।

नवरत्न लाइफ स्कुलले विद्यार्थी केन्द्रित शिक्षण पद्धति, जीवन उपयोगी सीप विकास तथा मूल्यमा आधारित शिक्षामा विशेष जोड दिँदै आएको छ। विद्यालयले शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप, अनुशासन र आत्मविश्वास विकासमा समेत ध्यान दिँदै विद्यार्थीहरूलाई सक्षम र जिम्मेवार नागरिक बनाउन प्रयास गर्दै आएको छ।

विद्यालयको निरन्तर प्रयास, सकारात्मक शैक्षिक वातावरण र समर्पणले शिक्षा क्षेत्रमा प्रभाव पारेको भन्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।