काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी पदहरूमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिव पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।
मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी पदहरूको छनोट तथा सिफारिसका लागि स्वीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्।
आवेदन दिन चाहने उम्मेदवारले शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध सूचना तथा आवेदनसम्बन्धी विवरण अध्ययन गरी प्रक्रिया पूरा गर्नुपर्नेछ।
मन्त्रालयका अनुसार उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिवजस्ता विश्वविद्यालयका महत्वपूर्ण पदहरूमा सक्षम, योग्य र अनुभवी व्यक्तिहरूको छनोट तथा सिफारिस गर्ने उद्देश्यले आवेदन माग गरिएको हो।
इच्छुक उम्मेदवारले मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदनसम्बन्धी विस्तृत सूचना मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको छ।
आवेदनका लागि वेबसाइट: https://moest.gov.np/