काठमाडौँ। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विभिन्न शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ बाट सम्मान गरिएको छ।
एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा शिक्षा क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा रमेश सिलवाल, मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
समारोहमा इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज — आईएमएस कलेजलाई संस्थागत सुशासन तथा निष्ठामा उत्कृष्टता सम्मान, शुभश्री कलेज अफ म्यानेजमेन्टलाई उद्योग–शिक्षा साझेदारी उत्कृष्टता सम्मान, शंकरदेव क्याम्पसलाई व्यवस्थापन शिक्षामा उत्कृष्टता सम्मान र एसएआईएम कलेजलाई विश्वव्यापी व्यवसाय शिक्षामा उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई इन्जिनियरिङ शिक्षामा उत्कृष्टता सम्मान, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन — एलबीईएफलाई सूचना प्रविधि शिक्षामा उत्कृष्टता सम्मान र क्वेस्ट इन्टरनेसनल कलेजलाई शैक्षिक अनुसन्धान तथा प्रकाशनमा उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।
समारोहमा इम्पेरियल बिजनेस कलेजलाई स्वास्थ्य सेवा शिक्षामा उत्कृष्टता सम्मान, काठमाडौँ डन बोस्को कलेजलाई रोजगारी तथा करियर सहयोगमा उत्कृष्टता सम्मान, के एन्ड के इन्टरनेसनल कलेजलाई मनोविज्ञान तथा सामाजिक विज्ञान शिक्षामा उत्कृष्टता सम्मान र अपोलो इन्टरनेसनल कलेजलाई व्यवसाय तथा आतिथ्य शिक्षामा उत्कृष्टता सम्मान बाट सम्मान गरिएको थियो।
यस्तै ग्लोबल कलेज इन्टरनेसनललाई समग्र विद्यार्थी विकासमा उत्कृष्टता सम्मान, सगरमाथा कलेजलाई नयाँ पुस्ताको व्यवसायिक शिक्षा संस्था सम्मान, गोल्डेनगेट इन्टरनेसनल कलेजलाई बहुविषयक उच्च शिक्षामा उत्कृष्टता सम्मान र शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीलाई मिडिया प्रविधि शिक्षामा उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।
शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका डिन प्रा.डा. विजय के.सी.लाई आजीवन शैक्षिक योगदान सम्मान प्रदान गरिएको थियो।
विद्यालयतर्फ भ्याली पब्लिक हाई स्कूललाई विद्यालय शिक्षामा उत्कृष्टता सम्मान र आरम्भ संस्कार विद्यालयलाई उदीयमान विद्यालय सम्मान प्रदान गरिएको थियो। त्यस्तै ब्रिज इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई विश्वव्यापी शिक्षा तथा परामर्शमा उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा शिक्षा क्षेत्रका नेतृत्वकर्ता, शैक्षिक संस्था, सामाजिक व्यक्तित्व, अतिथि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। आयोजकले यस्ता सम्मान कार्यक्रमले शैक्षिक संस्था र नेतृत्वकर्ताहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।