काठमाडौँ। शुभश्री कलेज अफ म्यानेजमेन्टलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ मा एक्सिलेन्स इन इन्डस्ट्री–एकेडेमिया पार्टनरसिप अवार्ड बाट सम्मान गरिएको छ।
एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा शुभश्री कलेज अफ म्यानेजमेन्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। कलेजका तर्फबाट विवेक कुमार सिंहले अवार्ड ग्रहण गर्नुभएको थियो।
कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, बैंकर मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
शुभश्री कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षा, विद्यार्थी विकास, व्यावहारिक सिकाइ र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै उच्च शिक्षाको क्षेत्रमा सकारात्मक पहिचान बनाउँदै आएको छ। कलेजले उद्योग र शैक्षिक क्षेत्रबीचको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक वातावरणसँग जोड्ने प्रयास गर्दै आएको छ।
कलेजको यही योगदान, प्रतिबद्धता र उद्योग–शिक्षा साझेदारीमा देखिएको सक्रिय भूमिकाको कदर गर्दै आयोजकले उक्त अवार्ड प्रदान गरेको जनाएको छ।
समारोहमा शिक्षा क्षेत्रका विभिन्न संस्था, कलेज, विद्यालय, शिक्षा नेतृत्वकर्ता तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले शैक्षिक संस्थाहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।