काठमाडौँ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसन — एलबीईएफलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ मा एक्सिलेन्स इन आईटी एजुकेसन अवार्ड बाट सम्मान गरिएको छ।
एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई उक्त अवार्ड प्रदान गरिएको हो। संस्थाका तर्फबाट अध्यक्ष पंकज जालानले अवार्ड ग्रहण गर्नुभएको थियो।
कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, बैंकर मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधि शिक्षा, सीपमूलक सिकाइ, विद्यार्थी विकास र व्यावहारिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै उच्च शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। संस्थाले प्रविधिमैत्री शिक्षा र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अभ्यासमार्फत विद्यार्थीहरूलाई भविष्यका अवसरसँग जोड्ने कार्य गर्दै आएको छ।
संस्थाको शैक्षिक योगदान, गुणस्तरीय अभ्यास र आईटी शिक्षामा देखिएको सक्रिय भूमिकाको कदर गर्दै आयोजकले उक्त अवार्ड प्रदान गरेको जनाएको छ।
समारोहमा शिक्षा क्षेत्रका विभिन्न संस्था, कलेज, विद्यालय, शिक्षा नेतृत्वकर्ता तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले शैक्षिक संस्थाहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।